दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानको केन्द्रीय प्रवक्ताबाट माधवप्रसाद खतिवडा (माधव कल्पित)ले राजीनामा दिएका छन् ।
नागरिक बचाउ दल नेपालको सभापति रहेका कल्पितले बिहीबारदेखि नै लागू हुने गरी अभियानको केन्द्रीय प्रवक्ताबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
पार्टीको कामले अभियानका गतिविधिमा सहभागी हुन नसक्ने भन्दै राजीनामा दिएको कल्पितले बताए ।
राजीनामा पत्रमा उनले भनेका छन्, ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको केन्द्रीय प्रवक्ता जस्तो गरिमामय जिम्मेवारी बहन गर्ने अवसर दिनुभएकाको अध्यक्ष दुर्गा प्रसाईं तथा सम्पूर्ण पदाधिकारी प्रति उच्च सम्मानका साथ हार्दिक धन्यवाद प्रकट गर्दछु। मैले सिक्दै सिकाउँदै एक कलाकारदेखि प्रवक्तासम्मको जिम्मेवारी पाएँ । तर अब नागरिक बचाउ दल नेपालको सभापतिको जिम्मेवारीमा रहेकाले अभियानतर्फका सबै पदीय जिम्मेवारीमा समय दिन नसक्ने हुँदा आजैका मितिदेखि लागू हुनेगरी राजीनामा पेस गर्दछु।’
कल्पितले अब राजनीतिक दल मार्फत नेपाल र नेपालीको हीतका पक्षमा काम गर्नेगरी अघि बढेको दावी गरेका छन् ।
प्रकाशित: ११ मंसिर २०८२ १९:१५ बिहीबार