राजनीति

माधवको दाबी: हाम्रो दिमाग देश कसरी बनाउने भन्नेबाहेक केही छैन

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो दिमागमा देश कसरी बनाउने भन्नेबाहेक केही पनि नभएको दाबी गरेका छन्। शुक्रबार धनगढीमा आयोजित पार्टीको सन्देश सभालाई सम्बोधन गर्दै नेपालले यस्तो दाबी गरे। 

‘अहिले यो देशलाई कसरी बनाउने? हाम्रो दिमागमा त्यही मात्र छ,’ नेपालले भने, ‘देश बनाउने संकल्प छ। देश बनाउन का लागि देशभक्तिको भावना चाहिन्छ।’ 

देशलाई माया गर्ने र विदेशीको पछि लाग्ने काम बन्द गर्नुपर्ने उनले बताए। ‘विदेशीहरूका गलत कुराको पछि लाग्ने होइन। देशको मर्यादाको रक्षा कसरी गर्ने? देशको सम्मान कसरी कायम राख्ने? यसको चिन्ता गर्नुपर्छ,’ नेपालले भने। सुशासन, सामाजिक न्याय र विविधतालाई सम्मान गरेर अघि बढ्नुपर्ने उनले बताए। 

प्रकाशित: १२ मंसिर २०८२ १६:०४ शुक्रबार