राजनीति

लुम्बिनीका कांग्रेस सभापितले भने- दुई हजार ४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई अबमूल्यन नहोस्

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मगरले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका दुई हजार ४८८ जना महाधिवेशन प्रतिनिधिलाई अबमूल्य नगर्न आग्रह गरेका छन् ।  

नेपाली कांग्रेस केन्द्रीय समितिको आजको बैठकमा पुनले विधानको धारा १२ को २ अनुसार बुझाएको हस्क्षाक्षरलाई केही पनि होइनन् भन्ने व्यवहार गरे पार्टीलाई ठूलो क्षति पुग्ने चेतावनी दिए ।  

‘पार्टीको विधान अनुसार महाधिवेशन प्रतिनिधिको हस्ताक्षर केही होइन भन्न  मिल्दैन,’ पुनले भने, ‘हस्ताक्षरको अबमूल्य गरे पार्टीलाई ठूलो क्षति हुन्छ ।’  

महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशन माग गरेका थिए । कांग्रेसमा नियमित कि विशेष महाधिवेशन भन्ने विषयमा बहस भइरहेको छ । संस्थापन पक्षले विशेष र नियमित महाधिवेशनलाई आलटाल गर्दै चुनावपछि गर्ने रणनीति बनाएको छ ।

क्रियाशील सदस्यता नवीकरण गरेर पनि अधिवेशन गर्न सकिने बताए ।  एमाले र माओवादीले मंसिरमा महाधिवेशन निर्णय गरिरहेको अवस्थामा कांग्रेस नियमित कि विशेष भन्नेमा अल्झिन नहुने बताए ।  

विधानको व्यवस्था अनुसार हस्ताक्षर गर्नेहरू पार्टी फुटाउने अरू जुटाउने भन्ने ढंगले आ–आफ्ना किसिमबाट व्याख्या नगर्न चेतावनी दिए । ‘पार्टी एकताबद्ध बनाएर महाधिवेशन हो भने महाधिवेशनको विकल्प छैन,’ उनले भने ।

 

 

प्रकाशित: १३ कार्तिक २०८२ १८:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App