राजनीति

असोज ३ मा लोसपाले ‘कालो दिन तथा शोक दिवस’ मनाउने

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालले असोज ३ गतेलाई ‘कालो दिन’ र ‘शोक दिवस’ मनाउने निर्णय गरेको छ। बुधबार अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको पार्टीको पदाधिकारी बैठकले संविधान जारी भएको दिनलाई कालो दिन मनाउने निर्णय गरेको महामन्त्री सुरेन्द्रकुमार झाले जानकारी दिए। 

‘मधेस आन्दोलनको वीर शहीदहरूका सम्मान  एवं  संघीय लोकतान्त्रिक  गणतन्त्र नेपालको संविधान–२०७२ मा संशोधनको माग गर्दै भएको  ऐतिहासिक गौरवपूर्ण आन्दोलनमा असोज ३ कै  दिन सहादत दिएको वीर सहिद सत्रोहन पटेलको स्मृतिमा असोज ३ लाई  कालो दिनको रूपमा मनाउँदै आइरहेको विदितै छ,’ झाले फेसबुकमा लेखेका छन्, ‘तसर्थ जेन–जी आन्दोलन र मधेस आन्दोलन तथा अधिकार प्राप्तिको सम्पूर्ण आन्दोलनमा शहीदहरूको सम्मानमा आउँदो असोज ३ कालो दिनको शोक दिवसको रूपमा मनाउने निर्णय गरेको छ।’ 

प्रकाशित: १ आश्विन २०८२ १८:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App