राजनीति

लिङ्देन भन्छन् : ध्वंश र विपत्तिपछि पनि धक्कु लगाउने हिम्मत के खाएपछि आउँछ?

फाइल तस्बिर

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा भएको ठुलो ध्वंश र विपत्तिपछि पनि गल्ती नस्वीकार्ने प्रवृत्तिप्रति कटाक्ष गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले यस्तो कटाक्ष गरेका हुन्। उनले लेखेका छन्, 'यत्रो ठूलो ध्वंश र विपत्तिपछि पनि गल्ती हाम्रा तर्फबाट पनि भयो होला भन्न पनि नसक्ने उल्टै धक्कु लगाउने हिम्मत चाहिँ के खाएपछि आउँछ होला?'

जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोड तथा धनजनको ठुलो क्षतिपछि पनि कतिपयले आफ्नो गल्ती नस्वीकारेको भन्दै लिङ्देनले व्यंग्य गरेका हुन्।

प्रकाशित: ५ आश्विन २०८२ ११:२३ आइतबार