श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले जनता मारेर कानुन बचाउने चलनको अन्त्य गर्न आग्रह गरेका छन्।
मानव केन्द्रित विकास गर्नुपर्ने बताउँदै उनले यस्तो आग्रह गरेका हुन्। साथै उनले कानुनका लागि कानुन नभइ मान्छेका लागि कानुन हुनुपर्ने भनाइ राखे।
'जनता मारेर कानुन बचाउने चलनको अन्त्य गरौँ! कानुनको लागि कानुन होइन! मान्छेको लागि होस् कानुन!' साम्पाश्रले सामाजिक सञ्जालमा लेखे, 'मानव केन्द्रित विकास गरौँ! जय माटो! जय देश!!'
प्रकाशित: १९ चैत्र २०८२ ०८:४१ बिहीबार