राजनीति

प्रतिशोधविरुद्ध कानुनी र राजनीतिक लडाइ जारी रहनेछ: रमेश लेखक

पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनलाई पूर्वाग्रही र अप्रमाणित भनेका छन्।

शुक्रबार उनले सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै आफूलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण तरिकाले फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखेको बताएका हुन्।

उनले भनेका छन्, ‘गत भाद्र २३ र २४ गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा  फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु।’

आफ्नो रिहाइका लागि आवाज उठाउने सम्पूर्ण न्यायप्रेमीलाई धन्यवाद भन्दै उनले रिहा गर्न परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

उनले भनेका छन्,‘परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु। म क़ानून पालना गर्ने र न्यायमा विश्वास गर्दछु। बाँकी कानुनी र राजनीतिक लडाई जारी रहनेछ।’

हेर्नुस् उनको फेसबुक स्टाटस
गत भाद्र २३ र २४ गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा  फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु।
मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरू, अधिकारकर्मी, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू, शुभ चिन्तक साथीहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु। साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु। म कानुन पालना गर्ने र न्यायमा विश्वास गर्दछु। बाकी कानुनी र राजनीतिक लडाइ जारी रहनेछ। जय नेपाल

प्रकाशित: २७ चैत्र २०८२ १२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App