राजनीति

जेन-जीमा नेतृत्वबारे बहस : सुशीला कार्कीको नाम सहमति नजिक

फाइल तस्बिर

जेन-जी आन्दोलनकारी आगामी नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्व दिने विषयमा लगभग सहमति बनेको छ। जेन-जीले उनलाई सेनासँग वार्ताका लागि प्रमुख विकल्पका रूपमा अघि सार्न खोजेका छन्।

तर सुशीला बाहेक अन्य केही नामहरू पनि चर्चामा छन्। तीमध्ये धरानका हर्क साम्पाङ, सागर ढकाल, कुलमान घिसिङ, सुमना श्रेष्ठ, काठमाडौंका मेयर बालेन साह र ‘र्याण्डम नेपाली’ नामक पात्रले पनि बैठकमा ठाउँ पाएका छन्।

आज बिहानदेखि जारी डिस्कोर्ड छलफलले नेतृत्वबारे अन्तिम टुंगो भने लगाउन सकेको छैन।

प्रकाशित: २५ भाद्र २०८२ १७:५४ बुधबार