राजनीति

आत्मदाह गरेका गणेशको परिवारलाई नेता बस्नेतले गरे एक लाख सहयोग, छोरीलाई स्नातकसम्म पढाउने प्रतिबद्धता

नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई नगद एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। आइतबार बस्नेतले मृतक गणेशकी आमालाई भेटेर उक्त रकम हस्तान्तरण गरेका हुन्। 

नगद सहयोगसँगै नेता बस्नेतले मृतक नेपालीकी  नाबालिका छोरीको शिक्षाको पूर्ण जिम्मा लिने घोषणा  गरेका छन्।  उनले गणेशकी छोरीलाई  संस्थागत विद्यालयमा राखेर स्नातकतह  सम्मको अध्ययन निःशुल्क गराउने प्रतिवद्धता गरेका छन्।  

‘तपाईँको नातिनीलाई हामी स्नातक तह सम्म राम्रै निजी विद्यालयमा राखेर पढाउने व्यवस्था गर्दिन्छौँ,’ रकम हस्तान्तरण गर्दै बस्नेतले भने, ‘परिवारलाई परेको अरु दुःखसुखमा पनि स्थानीय जनप्रतिनिधि र मान्यज्यूहरूसँग सल्लाह गरेर थप सहयोग गर्नेछौँ।’  उनले भने।  

प्रकाशित: २८ असार २०८३ १५:५८ आइतबार