राजनीति

महिला हिंसाका अपराधीलाई कडा सजाय दिने कानुन बनाउनु पर्छ : सांसद कुँवर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रद्धा कुँवरले महिला हिंसाका अपराधीलाई कडा सजाय दिने कानुन बनाउनु पर्ने बताएकी छन्। 

सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कुँवरले यस्तो बताएकी हुन्। उनले बलात्कारको मुद्दासम्बन्धी सजाय कडा बनाउनुपर्ने माग राखेकी छन्। साथै समाजमा छोरीलाई लाज छोप्न सिकाएझैँ छोरालाई पनि मानवता सिकाउनु पर्ने उनको जिकिर छ।

साथै उनले पाकेटमार र बलात्कारीलाई एउटै कारागारमा राखेर सजाय दिन नमिल्ने भनाइ राखिन्। प्रमाणित बलात्कार र जघन्य महिला हिंसाका अपराधीलाई कानुनको सजायको डर हुनुपर्ने बताउँदै उनले भनिन्, 'सबै अपराधको प्रकृति एउटै हुँदैन, एउटा पाकेटमार र एउटा बलात्कारीलाई एउटै कारागारमा राखेर सजाय दिन मिल्दैन। प्रमाणित बलात्कार र जघन्य महिला हिंसाका अपराधीलाई कानुनको सजायको डर यति बलियो बनाइयोस् कि अबराध गर्ने सोच नै जन्मिन नपाहोस्।'

प्रकाशित: ८ भाद्र २०८३ १३:५० सोमबार