राजनीति

कानुनमन्त्री गौतम पुगिन् सर्वोच्च

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सर्वोच्च अदालतको निरीक्षण गरेकी छन्। 

गोैतम आइतबार बिहान अदालत निरीक्षणमा पुगेकी हुन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा सर्वोच्च ध्वस्त भएकाे थियाे। 

सर्वोच्चमा उनी प्रधानन्यायाधीश प्रकाशमान सिंह राउन, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ललगायत न्यायाधीशहरूसँग परिचयात्मक कार्यक्रममा सरिक भएकी उनको निजी सचिवालयले जानकारी गराएको छ।

प्रकाशित: १५ चैत्र २०८२ १४:०१ आइतबार