भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगरेपछि सरकारले सर्वोच्च अदालतमार्फत पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि षड्यन्त्र गरेको आरोप लगाउँदै जनता समाजवादी पार्टी (जसपा) नेपालले आयोजना गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ।
मंगलबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिरहेका पार्टीका प्रवक्ता र सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।
त्यसैगरी, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष मनिष यादव, समाजवादी युवा संघका महासचिव दिलिप पटेल, युवा नेता मनिष यादव ओम, बबी सिंह, रेणुराज सिंह लगायतका नेता-कार्यकर्ताहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रकाशित: ३ भाद्र २०८२ १९:३९ मंगलबार