लमजुङको पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसीले अग्रता लिएका छन्। उनले नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारलाई पछि पारेका हुन्।
सार्वजनिक विवरण अनुसार रास्वपाका केसीले १ हजार १ सय मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार गम प्रसाद गुरुङले १ हजार १७ मतसहित पछ्याइरहेका छन्। यहाँ रास्वपा र कांग्रेसबीच ८३ मतको कडा प्रतिस्पर्धा देखिएको छ।
नेकपा (एमाले) का हेभीवेट उम्मेदवार पृथ्वीसुब्बा गुरुङ भने तेस्रो स्थानमा झरेका छन्। उनले ५१७ मत मात्र प्राप्त गरेका छन्। गुरुङ अहिले रास्वपाका उम्मेदवारभन्दा ५८३ मतले पछाडि परेका छन्।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका हरि जंग तामाङले २०६ मत ल्याएका छन्। अन्य उम्मेदवारहरूमा श्रम संस्कृति पार्टीका कोषलाल गुरुङले ४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका केबिन्द्र जंग गुरुङले २४ र मंगोल नेशनल अर्गनाइजेसनका विकास गुरुङले २१ मत प्राप्त गरेका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ १४:३२ शुक्रबार