राजनीति

उपसभामुखमा श्रम संस्कृति पार्टीले उम्मेदवारी दिने

श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा उपसभामुखमा उम्मेदवारी दिने भएको छ। 

पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङका अनुसार पार्टीले उपसभामुखमा महिला उम्मेदवार उठाउने भएको हो। उनले सामाजिक सञ्जालमार्फत सभामुखमा निर्विरोध चयन भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई बधाइ दिँदै उक्त जानकारी दिएका हुन्। 

उनले अब हुने उपसभामुख चयनको निर्वाचनमा नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई भन्दै प्रश्न समेत गरेका छन्। 

'सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाई दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ! हामी महिला उम्मेदवार खडा गर्दैछौँ,' उनले भने, 'हेरौँ नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई! ७ भोट आउँछ कि १८९?'

प्रकाशित: २१ चैत्र २०८२ ०६:५३ शनिबार