राजनीति

सभामुखले बोल्न नदिएको भन्दै संसद्मा श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आफूहरूलाई बोल्न समय नदिएको भन्दै विरोध जनाएको छ।  पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सबै दलका सांसदहरूलाई बोल्न अवसर दिइएको भन्दै  समय उपलब्ध नगराइएको भन्दै सभामुखसँग प्रश्न गरेका हुन्। 

बैठकका क्रममा विपक्षी दलका सांसदहरूलाई रोष्ट्रममा आएर धारणा राख्दै कुनै सांसदले बोल्ने अवसर नपाएको भन्दै असन्तुष्टि जनाएका हुन।  विरोधपछि सभामुखले श्रम संस्कृति पार्टीका तर्फबाट बोल्न चाहने सांसदको नाम टिपोटमा नआएको कारण समय दिन नसकिएको बताए।  

सभामुखले सांसदहरूलाई सम्बोधन गर्दै, ‘तपाईंहरूले मन्त्रीले बोल्दा पनि निरन्तर विरोध गरिरहनुभएको थियो, त्यसैले म तपाईंहरूलाई बोल्न समय दिन सक्दिनँ,’ भनेका थिए। 

बैठकमा निरन्तर विरोध र अवरोध जारी रहेपछि सभामुखले सम्बन्धित सांसदहरूको ध्यान प्रतिनिधिसभा नियमावलीतर्फ समेत आकर्षित गराएका थिए। उनले संसदको मर्यादा कायम राख्दै आफ्ना धारणा प्रस्तुत गर्न सांसदहरूलाई आग्रह गरेका थिए। 

प्रकाशित: २७ जेष्ठ २०८३ १७:३६ बुधबार