राजनीति

लेखराजसँगै एमालेमा बसेका कुँवर माओवादीमा फर्किए

पूर्व माओवादी नेता समेत रहेका नेकपा एमालेका केन्द्रीय परिषद् सदस्य दीपेन्द्र कुँवर नेकपा माओवादी केन्द्रमै फर्किएका छन्। बैतडी कुवाकोट घर भएका कुँवरलाई शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भित्र्याएका छन्। 

१० वर्षे सशस्त्र द्वन्द्वका बेला माओवादी विद्रोहमा जोडिएका कुँवर एमाले–माओवादी एकतापछि बनेको नेकपा हुँदै विभाजनपश्चात् पूर्व माओवादी नेता लेखराज भट्टसँगै एमालेमा बसेका थिए। 

पछिल्लो पटक माओवादी केन्द्रका बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुँवरले दीपेन्द्रलाई माओवादी केन्द्रमै फर्किने वातावरण मिलाएको जनाइएको छ। 

प्रकाशित: ३१ श्रावण २०८२ १२:२७ शनिबार