उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। बिहीबार प्रधानमन्त्री कार्यलय सिंहदरबार पुगि अध्यक्ष घिसिङले प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्।
भेटपछि कुरा गर्दै उनले रसुवा बाढीपछिको अवस्था, उद्धार, राहतलगायतको विषयमा आफ्नो पार्टीको तर्फबाट लिखित र मौखिक सुझाव बुझाइएको बताए।
‘अहिलेको विपद्को अहिले उद्धारको लागि समग्र रूपमा सुझाव दिएका छौँ’, उनले भने, सुरुङभित्र थुनिएका साथीहरूलाई कसरी उद्धार गर्ने विषयमै उहाँको जिज्ञासा थियो। त्यस सम्बन्धमा हामीले बुझेका र गर्नुपर्ने कुराहरू राखेका छौँ।’
उनले स्पेसल प्रविधि नभए साधारण उपकरण र दक्ष रेस्क्यु टिमबाटै काम गर्न सकिने सल्लाह दिएको बताए। यस्तै, अध्यक्ष घिसिङले बाढीका कारण सुरुमा उद्धारमा केही ढिलाइ भएपनि अहिले नेपालको स्रोत साधन र हेलिकप्टरले भ्याएसम्म काम भइरहेको बताए।
प्रकाशित: १८ भाद्र २०८३ १३:०९ बिहीबार