नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई पहिला नचिनेको बताएका छन् । जेन-जी आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका ओलीले गृहमन्त्री बनेपछिमात्र नाम सुनेको बताए ।
गृहमन्त्री अर्याललाई बाबूको संज्ञा दिँदै पूर्वप्रधानमन्त्री ओलीले धेरै नचम्किन सुझाव दिए । उनले भने, 'तपाईंहरुले अहिलेका गृहमन्त्रीको नाम सुन्नु भएको थियो ? मैले नाम पनि सुनेको थिइन । गृहमन्त्री भएपछि थाहा पाएँ । उनको बारेमा मलाई केही भन्नु छैन । गृहमन्त्री बाबूलाई धेरै नउत्ताउलिन, नचम्किन र सम्हालिन सल्लाह दिन्छु ।'
देश चलाउने र राजनीति ख्यालठ्ट्टा नभएको चर्चा गर्दै अध्यक्ष ओलीले गृहमन्त्री अर्याललाई सुझबुझका साथ अघि बढ्न सुझाव दिए ।
प्रकाशित: २३ आश्विन २०८२ १३:५२ बिहीबार