राजनीति

कोशी प्रदेशसभा बैठक भदौ ३ गते कटहरीमा

कोशी प्रदेशसभा बैठक भदौ ३ गते बस्ने भएको छ । असार २४ गते अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेशसभा बैठक भदौ ३ गते कटहरीस्थित प्रदेशसभा सचिवालय परिसरको हलमा बस्ने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।  

कोशी प्रदेशसभाको नर्वौ अधिवेशनको २३औँ बैठक भदौ ३ गते बुधबार कोशी प्रदेशसभा कटहरीमा बस्ने प्रदेशसभा सचिवालयको सूचनामा उल्लेख छ । 

गत वर्षको जेन्जी आन्दोलनका क्रममा विराटनगर देवकोटा चोकस्थित प्रदेशसभा भवन जलेर काम नलाग्ने भएपछि प्रदेशसभा सचिवालय मोरङको कटहरीस्थित तरकारी बजारमा सारिएको थियो । उक्त सचिवालय परिसरमा प्रदेशसभा हल निर्माण सम्पन्न नभएसम्मका लागि विराटनगर स्थित वीरेन्द्रसभा गृहमा अस्थायी रुपमा प्रदेश सभा बैठक सञ्चालन हुँदै आएको थियो ।  

प्रकाशित: २८ श्रावण २०८३ १७:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App