प्रतिपक्षी दलको अवरोधका कारण कोशी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ।
सभामुखले कोशी प्रदेशको नीति तथा कार्यक्रममा संसोधनको समय नदिइ सर्वसम्मत पारित भएको घोषणा गरेको भन्दै विपक्षी दलका सांसदहरूले मंगलबार देखि प्रदेशसभा बैठकमा अवरोध गर्दै आएका छन्।
बुधबारको बैठकमा पनि विपक्षी दलका सांसदहरूले निरन्तर अवरोध गरेपछि सभामुख अम्बरबहादुर विष्टले बैठक आधा घण्टाका लागि स्थागित गरेको बैठकमा जानकारी गराएका हुन् ।
प्रकाशित: १३ जेष्ठ २०८३ १५:२९ बुधबार



