कोशी प्रदेश सरकारले जेन-जी पुस्ताको आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई काजक्रिया खर्चलाई प्रति व्यक्ती एक लाख रुपैयाँको दरले राहत दिने निर्णय गरेको छ।
बिहीबारको मन्त्रिपरिषद्को बैठकले आन्दोलनमा मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो ।
यस्तै आन्दोलनमा घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद् बैठकले ५ लाख रुपैयाँसम्मका सबै योजना तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।
त्यसैगरी, मन्त्रिपरिषद् बैठकबाट आन्दोलनका क्रममा भौतिक पूर्वाधारमा भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने जिम्मेवारी भौतिक पूर्वाधार मन्त्रालयलाई दिइएको छ । मन्त्रालयलाई यस सम्बन्धी प्रतिवेदन कार्तिक ९ गतेभित्र पेस गर्न निर्देशन दिइएको मनत्री भण्डारीले बताए ।
प्रकाशित: २ आश्विन २०८२ १९:४९ बिहीबार