कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले सुदर्शन खड्का कोशी प्रदेशसभाको सचिवमा नियुक्त गरेका छन्।
बुधबार कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १९५ को उपधारा (१) बमोजिम बागमती प्रदेश चाँगुनारायण नगरपालिका–४ निवासी खड्कालाई बुधबारदेखि नै लागु हुने सो पदमा नियुक्त गरेका हुन् ।
खड्काले बुधबार नै पद तथा गोपनियताको शपथ लिए । प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित एक समारोहमा खापुङले खड्कालाई नियुक्तिपत्र प्रदान गरेको कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
प्रकाशित: २६ कार्तिक २०८२ १६:०६ बुधबार