कलाकार राजेन्द्र खड्गीले धरानका मेयर हर्क साम्पाङ र काठमाडौंका मेयर बालेन शाहलाई भ्रष्टको दलदलमा नफस्न सल्लाह दिएका छन्।
‘म चाहिँ विशेष गरी हर्क साम्पाङ बालेन भाइलाई भ्रष्टको दलदल र कसैको लोभ लालचमा नजान आग्रह गर्छु,’ उनले भिडियो सन्देशमा भनेका छन्, ‘मलाई लाग्छ हर्क त जाँदै जाँदैन।’
हर्क ट्याम्पो चलाएर सङ्घर्ष गरेर आएको मान्छे भन्दै उनी दलदलमा नफस्ने तर बालेनको भने भर नभएको टिप्पणी गरे। ‘हर्क त जाँदै जाँदैन, उसले दुख भोगेको छ, ट्याम्पो चलाएको मान्छे हो,’ खड्गी भन्छन्, ‘बालेनले त्यति दुख देखेको छैन, म पनि ट्याक्सी चलाएको मान्छे हु।’
खड्गीको भिडियो पोस्टलाई धरानका मेयर हर्क साम्पाङले आफ्नो फेसबुकमा सेयर गरेका छन्।
प्रकाशित: १२ भाद्र २०८२ ०७:०१ बिहीबार