राजनीति

तेस्रो दिन यस्तो देखियो एमालेको प्रदर्शन (तस्बिरहरु)

अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले काठमाडौंमा आज पनि प्रदर्शन गरेको छ।

पार्टीको बागमती प्रदेश कमिटीको आह्वानमा भएको प्रदर्शन माइतीघर मण्डलाबाट सुरु भई नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि पुगेको छ।

सडक प्रदर्शनमा उत्रिएका नेता तथा कार्यकर्ताहरूले अध्यक्षलाई रिहाइ गर लगायतका नारा लगाएका छन्। गत शनिबार ओली पक्राउ परेपछि एमालेले काठमाडौंलगायत देशका विभिन्न स्थानमा निरन्तर प्रदर्शन गर्दै आएको छ।

हेराैं तस्बिरहरु।

प्रकाशित: १६ चैत्र २०८२ १५:१६ सोमबार