नेपाली कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले विशेष महाधिवेशनलाई नीति महाधिवेशनमा परिणत गर्न माग गरेका छन्।
जारी केन्द्रीय समिति बैठकमा कार्कीले देशभरिका पार्टीका नेताहरुले माग अनुसार महाधिवेशन बोलाउने निर्णय गरेर अघि बढ्नुपर्ने बताए ।
त्यो महाधिवेशन नेतृत्वको विषयमा नभइ पार्टीले लिने नीतिमा केन्द्रित हुनुपर्ने तर्क कार्कीको छ । पार्टी निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउँदै उनले चुनावपछि वैशाख जेठमा नेतृत्व चयन गर्नेगरी महाधिवेशन गर्नुपर्ने बताए।
प्रकाशित: २५ कार्तिक २०८२ १६:०६ मंगलबार



