राजनीति

राप्रपा अनुशासन समिति अध्यक्षमा कार्की

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समिति अध्यक्षमा उपाध्यक्ष रोशन कार्की नियुक्ति भएका छन्।

कार्कीलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार (आज) समिति अध्यक्षमा मनोनित गरेका हुन्।

'राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम उपाध्यक्ष मा. रोशन कार्कीलाई अनुशासन समितिको अध्यक्ष पदमा मनोनित गर्नुभएको छ,' राप्रपाले भनेको छ।

प्रकाशित: २५ असार २०८२ १४:१४ बुधबार

#Rajendra Lingden #Roshan Karki #Nagariknews