राजनीति

कपिलवस्तु-३ : कांग्रेसका शाह अग्र स्थानमा

नेपाली कांग्रेसका अभिशेष प्रताप शाह १२९८ अग्रस्थानमा छन्।

कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर-३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले अग्रता लिएका छन्।

प्रारम्भिक मतपरिणाम अनुसार शाहले १ हजार ८९१ मत ल्याएका छन्। शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरियाले ५९३ मतका साथ पछ्याइरहेका छन्।

नेकपा एमालेका वीरेन्द्र कनौडियाले ४५९ मत प्राप्त गरेका छन्। इश्वर दयाल मिश्रा (नाउपा) ४५६ मत, एहसान खान (नेकपा तारा) ५२ मत आएको छ।

जम्मा ३,८३६ मत गणना गरिएको छ भने बदर मत संख्या २४९ रहेको छ।

प्रकाशित: २२ फाल्गुन २०८२ ०९:२५ शुक्रबार