राजनीति

कमल थापाले गरे मतदान

राप्रपाका नेता तथा काठमाडौं–५ का उम्मेदवार कमल थापाले काठमाडौं–५ अन्तर्गत काठमाडौं महानगरपालिका–४ विशाल मिलन केन्द्रमा मतदान गरेका छन्।

मतदान गरेपछि छोटो प्रतिक्रिया दिँदै थापाले निर्वाचन लोकतान्त्रिक विधि र पद्धति भएको भन्दै नेपाली जनतालाई उत्साहित भएर सहभागी हुन आग्रह गरे। साथै, उनले फरक विचार र वैकल्पिक मार्गचित्र बोकेको कारण काठमाडौं–५ का मतदाताले आफूलाई विजयी गराउने विश्वास व्यक्त गरे।

प्रकाशित: २१ फाल्गुन २०८२ ०९:१९ बिहीबार