मधेस प्रदेश सभामुखमा जनता समाजवादी पार्टी नेपालका सांसद रामअशिष यादव निर्वाचित भएका छन् । रिक्त सभामुखका लागि आज भएको निर्वाचनमा यादवको पक्षमा ७२ मत परेको छ ।
नेकपा एमालेको तर्फबाट सभामुखमा उम्मेदवारी दिएका त्रिलोकी प्रसादको पक्षमा २४ मत परेपछि उपसभामुख बबिता राउत इशरले जसपाका यादव निर्वाचित भएको घोषणा गरिन् ।
आजको बैठकमा ९६ सांसदको उपस्थित थिए । नवनिर्वाचित सभामुख यादव धनुषाको दुईको "ख" दोस्रोपटक निर्वाचित सांसद हुन् ।
यसअघि नेकपा एमालेको तर्फबाट सभामुख बनेका रामचन्द्र मण्डलले पद अनुकूल आचरण नगरेको भन्दै सातदलीय गठबन्धनले गत मंसिर ३ गते दुई तिहाइ बहुमतबाट पदमुक्त गरेका थिए ।
प्रकाशित: ६ पुस २०८२ १६:५६ आइतबार