राजनीति

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ।

ललितपुरको सानागाउँस्थित थसी ब्याङ्क्वेटमा आज (बुधवार) बिहान ११ बजेदेखि बैठक बस्न लागेको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार वर्तमान राजनीतिक परिस्थिति, निर्वाचन, पार्टीको सङ्गठनात्मक कार्ययोजना तथा प्रस्तावलगायत एजेन्डामा बैठक केन्द्रित हुनेछ।

बैठक बिहीबारसम्म चल्नेछ।

प्रकाशित: १९ कार्तिक २०८२ १०:०५ बुधबार