नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्नुअघि अनुमति लिनुपर्ने बताएका छन्। पछिल्लो समय पत्रकारले अनुमति नलिई प्रश्न गर्ने प्रवृत्ति बढेको भन्दै उनले अन्तर्राष्ट्रियस्तरमा ‘स्ट्यान्डर्ड पत्रकारिता’मा प्रश्न सोध्ने र समाचार प्रकाशन गर्ने विषयमा सम्बन्धित व्यक्तिसँग समन्वय गर्ने अभ्यास रहेको बताए।
ओलीले पत्रकारले प्रश्न सोध्नुअघि ‘प्रश्न गर्न मिल्छ ?’ भनेर अनुमति लिनुपर्ने बताए। त्यसपछि आफूले दिएको अभिव्यक्ति प्रकाशन गर्नुअघि पनि सम्बन्धित व्यक्तिलाई जानकारी गराउने अभ्यास रहेको बताए।
‘दुनियाँभरिमा पत्रकारिताको के नियम हुन्छ भने तपाईंसँग प्रश्न सोध्न सक्छु भनेर प्रश्न सोधिन्छ,’ ओलीले भने, ‘प्रश्न सोधेपछि त्यसलाई अझ प्रकाशित गर्नुभन्दा अगाडि स्ट्यान्डर्ड पत्रकारिता भनेको तपाईँले भन्नुभएको कुरा यो हो, हामी प्रकाशित गर्दै छौँ भनेर सोध्छौँ।’
उनले पत्रकारले पूर्वजानकारी दिएर प्रश्न गर्नुपर्ने बताउँदै भने , ‘प्रश्न गर्न मिल्छ भनेर सोध्छौँ। तपाईँहरू माइक ल्याएर मुखमा घोचेर यसो गर्नुहुन्छ,’ ओलीले भने, ‘त्यो नगर्नुस्, सोध्नुस्।’
प्रकाशित: ४ आश्विन २०८३ १५:२२ आइतबार