राजनीति

झापा ५ : ओलीलाई करिब ५० हजार मतले पछि पार्दै बालेन विजयी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भारी मतले निर्वाचित भएका छन्।  

नेकपा एमालेका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ६ सय १४ मतले पछि पार्दै बालेन निर्वाचित भएका हुन्। 

१ लाख ६ हजार ३७२ मत खसेकोमा बालेनले ६८ हजार ३४८ प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका निर्वाचन अधिकृतले जनाएका छन्। 

झापा ५ मा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ। 

प्रकाशित: २३ फाल्गुन २०८२ १८:१६ शनिबार