राजनीति

झापा-५ : बालेनको फराकिलो अग्रता, ओली १३ हजार मतले पछि

झापा क्षेत्र नम्बर-५ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले आफ्नो फराकिलो अग्रता कायमै राखेका छन्।

पछिल्लो मतपरिणाम अनुसार उनले नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीलाई भारी मतान्तरले पछाडि पारेका छन्।

सार्वजनिक भएको पछिल्लो विवरण अनुसार रास्वपा उम्मेदवार शाहले १६ हजार ९ सय ८० मत प्राप्त गरेका छन्।

दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार ओलीले भने ३ हजार ९ सय ७३ मत मात्र पाएका छन्।

यी दुई उम्मेदवारबीचको मतान्तर निकै फराकिलो बनेको छ। ओलीभन्दा शाह १३ हजार ७ मतले अगाडि रहेका छन्।

त्यस्तै, यस निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङ रहेका छन्।

उनले हालसम्म १ हजार ८ सय २९ मत प्राप्त गरेका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ २२:५७ शुक्रबार