राजनीति

झापा–२ : निवर्तमान सभामुख भन्दा उपसभामुख साढे ७ हजार मतले अगाडि

झापा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभाका निवर्तमान सभामुख र उपसभामुख आमनेसामने छन्। पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार एवं निवर्तमान उपसभामुख इन्दिरा रानाले फराकिलो अग्रता बनाएकी छन्।

हालसम्मको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार एवं निवर्तमान सभामुख देवराज घिमिरे साढे ७ हजारभन्दा बढी मतले पछाडि परेका छन्।

रास्वपाकी रानाले ८ हजार ९६० मत प्राप्त गर्दा घिमिरेले १ हजार ४२६ मत मात्र पाएका छन्। एउटै संसदका दुई पदाधिकारीबीचको प्रतिस्पर्धामा अहिले उपसभामुखले सभामुखलाई भारी मतान्तरले पछि पारेको देखिएको छ।

तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारी देखिएका छन्। उनले १ हजार १०७ मत ल्याएका छन्। प्रमुख दल मानिने नेपाली कांग्रेसको अवस्था भने यहाँ निकै कमजोर देखिएको छ।

कांग्रेस उम्मेदवार सरिता प्रसाईं ७७० मतसहित चौथो स्थानमा सीमित भएकी छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ १८:५१ शुक्रबार