राजनीति

भारतबाट फर्किए लगत्तै जापानका राजदूतले भेटे परराष्ट्र मन्त्री खनाललाई

परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन्। भारत भ्रमणबाट फकिएको अर्को दिन सोमबार राजदूत माएदाले मन्त्री खनालसँग मन्त्रालयमै पुगेर शिष्टाचार भेट गरेका हुन्।  

भेटवार्ताका क्रममा उनीहरुबीच पारस्परिक हितका क्षेत्रहरूमा सहकार्य अभिवृद्धि गर्दै नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित: २५ जेष्ठ २०८३ २०:४९ सोमबार