राजनीति

रुकुम पश्चिममा जनार्दन शर्माको सुरुवाती अग्रता

रुकुम पश्चिमको मतगणना सुरु भएको छ। प्रारम्भिक नतिजा अनुसार प्रलोपाका जनार्दन शर्माको सुरुवाती अग्रता देखिएको छ।

९०२ मत गणना हुदा शर्माले ४१२ मत ल्याउदै गर्दा नेपाली कम्युनिष्ट पाटीका गोपाल शर्माले २८७ मत ल्याएका छन। त्यस्तै कांग्रेसका राजु केसीले ८८ मत ल्याएका छन्। रास्वपाका मानबहादुर शाहीले २२ मत ल्याएका छन्।  

कुनै समय प्रचण्डका विश्वास पात्र रहेका उनले प्रगतिशील लोकतान्त्रिक पार्टी खोलेर आखा चिह्न ल्याएर चुनावी मैदानमा आएका थिए।

प्रकाशित: २२ फाल्गुन २०८२ १२:३१ शुक्रबार