रुकुम पश्चिमको मतगणनामा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा पछाडि परेका छन्।
पछिल्लो मतपरिणाम अनुसार उनलाई नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्माले उछिनेर अग्रता कायम गरेका हुन्।
पछिल्लो तथ्यांक अनुसार शीर्ष स्थानमा रहेका गोपाल शर्माले ५ हजार ३ सय ३७ मत प्राप्त गरेका छन्।
दोस्रो स्थानमा झरेका उम्मेदवार जनार्दन शर्माले ४ हजार ५ सय ७३ मत मात्र ल्याउन सकेका छन्।
यी दुई उम्मेदवारबीचको मतान्तर ७ सय ६४ रहेको छ। त्यसैगरी, तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार राजु केसीले ३ हजार ६ सय ६३ मत पाएका छन्।
यस निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेको अवस्था भने निकै कमजोर देखिएको छ।
रास्वपाका उम्मेदवार मानबहादुर शाहीले १ हजार ४६ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटा जम्मा ५ सय ३१ मतसहित पाँचौं स्थानमा खुम्चिएका छन्।
प्रभावशाली नेता जनार्दन शर्मा नै प्रारम्भिक मतगणनामा पछि पर्नुले यस क्षेत्रको चुनावी प्रतिस्पर्धा निकै रोचक र कडा बन्दै गएको प्रस्ट हुन्छ।
प्रकाशित: २३ फाल्गुन २०८२ ०३:४२ शनिबार