राजनीति

राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार पक्राउ

राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार पक्राउ परेका छन्।

शनिबार दिउँसो अनामनगरस्थित संवाद डबलीमा समसामयिक राजनीतिक विषयमा आयोजित कार्यक्रम सम्पन्न भएपछि साँझ ५:४५ बजे उनलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी परिसर भद्रकालीबाट आएको टोलीले डबली परिसरबाटै परियारलाई नियन्त्रणमा लिएको बताइएको छ।

परियारले आयोजना गरेको कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलगायतको उपस्थिति थियो। कार्यक्रममा वक्ताहरूले सरकारले बाढीपीडितलाई राहत दिनुको सट्टा थप पीडा दिएको टिप्पणी गरेका थिए।

यसअघि पनि विवादास्पद अभिव्यक्ति दिएको आरोपमा जेठ १५ गते परिसर भद्रकालीले परियारलाई पक्राउ गरेको थियो। करिब एक सातापछि सर्वोच्च अदालतले तारिखमा छाड्न आदेश दिएपछि उनी रिहा भएका थिए।

परिवारका एक सदस्यका अनुसार परियार हालै अदालतमा तारिख थामेर फर्किएका थिए। उनका लागि आगामी मंसिर २२ गते अदालतमा उपस्थित हुने तारिख तोकिएको थियो।

प्रकाशित: २७ भाद्र २०८३ २१:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App