राजनीति

गौहत्या र बीफ बिक्री रोक्न जय नेपाल पार्टीको अभियान

जय नेपाल पार्टीले गाई हत्या रोक्न तथा होटल तथा रेस्टुरेन्टमा बीफ (गाईको मासु) को बिक्री बन्द नगर्न माग गर्दै अभियान सुरु गरेको छ।

पार्टीले ‘गाई हत्या गर्नु हुँदैन’ भन्ने सन्देश दिँदै गाईको हत्या बन्द गर्न र होटल तथा रेस्टुरेन्टमा बीफको बिक्री रोक्न आग्रह गरेको हो।

सभापति धवलशमशेर राणाले एक पोस्टर सार्वजनिक गर्दै गाईलाई राष्ट्रिय जनावरका रूपमा सम्मान गर्दै यसको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। साथै बीफ बिक्रीको विरोध गर्दै त्यससम्बन्धी सांकेतिक चित्रसमेत प्रयोग गरिएको छ।

पोस्टरमा ‘राष्ट्रको पशुको सम्मान र संरक्षण गरौँ’ भन्ने भावसहित गाई संरक्षणका पक्षमा जनचेतना फैलाउने उद्देश्य प्रस्तुत गरिएको छ।

प्रकाशित: ९ भाद्र २०८३ ०८:५३ मंगलबार