राजनीति

सबै खरानी भएपछि आगो निभाएको श्रेय लिन प्रतिस्पर्धा सुरु हुनु लज्जाशरणम् : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २४ गतेको विध्वंसमा सबै खरानी भएपछि आगो निभाएको श्रेय लिन प्रतिस्पर्धा सुरु भएको भन्दै आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत उनले यस्तो आपत्ति जनाएका हुन्। जेनजी प्रदर्शनका क्रममा भदौ २४ गतेको विध्वंसमा सबै खरानी भएपछि एक महिनापछि आगो निभाएको श्रेय लिन प्रतिस्पर्धा सुरु हुनुले लज्जाजनक रहेको बताए।

'२४ गतेको विध्वंसमा जल्ने सबै खरानी भएपछि आगो निभ्यो,' पोखरेलले सामाजिक सञ्जालमा लेखे, 'तर एक महिनापछि आगो निभाएको श्रेय लिन प्रतिस्पर्धा सुरु भएको छ, लज्जाशरणम्।'

प्रकाशित: १ कार्तिक २०८२ ०७:२८ शनिबार