श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई राष्ट्र निर्माणको मूल आधारका रूपमा स्थापित नगरेसम्म नेपाल समुन्नत बन्न नसक्ने बताएका छन्।
आज श्रम संस्कृति पार्टी जिल्ला कमिटी झापाको आयोजनामा विर्तामोडमा आयोजित आमसभालाई सम्बोधन गर्दै राईले श्रम संस्कृतिको विकासबिना परिवर्तन सम्भव नहुने स्पष्ट पारे।
'श्रम गरेर धर्तीलाई फुलाउनुपर्छ। श्रम गर्ने बानीले नै नेपाल बन्छ,' अध्यक्ष राईले भने, 'अरूको दोष खोजेर होइन, आफ्नै हातले काम गरेर देश बनाउने संस्कार आवश्यक छ।'
पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा ७७ वटै जिल्लाबाट उम्मेदवारी दिने तयारी गरेको जनाएको छ।
प्रकाशित: ९ पुस २०८२ २०:२४ बुधबार