राजनीति

हिजो झाँक्रीले बोल्दा ताली ठोक्ने आज उनकै मुखमा टेप टाँस्न खोज्दै छन्: गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले  हिजो रामकुमारी झाँक्रीले अरूलाई गाली गर्दा ताली ठोक्नेहरू  अहिले झाँक्रीको मुखमा पट्टी टाँस्न उचालिएको भन्दै व्यङ्ग गरेका छन्।   नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विरुद्ध बोलेका कुरालाई लिएर झाँक्रीलाई उक्त पार्टीले सोधेको स्पष्टीकरणतर्फ सङ्केत गर्दे उनले  ‘जे रोप्यो त्यै फल्ने’ प्रकृतिको नियम रहेको सम्झाए। 

उनले सामाजिक सञ्जालमा लेखेका छनः ‘जे रोप्यो त्यै फल्छ,प्रकृतिको नियम। हिजो केपी ओली विरुद्ध राम कुमारी झाँक्रीले पार्टीमा व्यक्तिले विचार र प्रतिस्पर्धा गर्न पाउने भन्दा बढी बोल्दा नेपथ्य र कन्दराको गीतमा झुमेका दर्शकले झैँ ताली ठोक्ने समाजवादी हातहरू यति छिट्टै झाँक्रीको मुखमा पट्टी टाँस्न उचालिएको देख्दा उदेक छु।’

प्रकाशित: २५ असार २०८२ ०९:०९ बुधबार

#gokul baskota #NagarikNews ##NepaliNews