राजनीति

विपिनलाई जीवित फर्काउन नसक्नु अत्यन्त पीडादायक: दाहाल

फाइल।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीलाई जीवित फर्काउन नसकिएकोमा दुःख व्यक्त गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले निरन्तरको प्रयासका बाबजुद जोशीलाई जीवित फर्काउन नसक्नु अत्यन्त पीडादायक भएको बताएका हुन्।

अध्यक्ष दाहालले लेखेका छन्, ‘हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शव डीएनए परीक्षणमार्फत उहाँकै भएको दुःखद् समाचारले म अत्यन्त मर्माहित भएको छु। विपिनको अपहरणपश्चात उहाँको सकुशल रिहाइका लागि नेपाल सरकार, सम्बन्धित निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भएका निरन्तर प्रयासका बावजुद उहाँलाई जीवित फर्काउन असफल हुनु अत्यन्त पीडादायक विषय हो।’

उनले विपिनको अपहरणपश्चात उनको सकुशल रिहाइका लागि नेपाल सरकार, सम्बन्धित निकाय तथा अन्तर्राष्ट्रिय स्तरमा भएका प्रयासहरू सफल हुन नसकेकोमा दुःख प्रकट गरे। दाहालले आफूले पनि आफन्त गुमाउँदाको पीडा नजिकबाट महसुस गरेको उल्लेख गर्दै परिवारलाई धैर्यधारण गर्न आग्रह गरेका छन्।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका जोशीलाई सन् २०२३ अक्टोबर ७ मा हमासले आक्रमणका क्रममा बन्धक बनाएको थियो। लामो समयसम्म अवस्था अज्ञात रहेका उनको मृत्यु भएको हालै पुष्टि भएपछि हमासले उनको शव इजरायली पक्षलाई बुझाएको छ।

प्रकाशित: २८ आश्विन २०८२ २०:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App