राजनीति

वृद्धभत्ता ७० वर्षमै कायम राख्न उचित हुन्छ : हर्क साम्पाङ

फाइल तस्बिर

सांसद हर्क साम्पाङले वृद्धभत्ता ७० वर्षमै कायम राख्न उचित हुने बताएका छन्। 

सामाजिक सुरक्षाका सेवासुविधा थप्नु पर्ने बताउँदै उनले  ७० वर्षमै वृद्धभत्ता दिनु नै उचित हुने बताएका हुन्।

साथै उनले वृद्धभत्ता पाउने उमेर ७५ पुर्‍याउन राम्रो नहुने भनाइ राखे।

'वृद्धभत्ता ७० वर्षमै कायम राख्न उचित हुन्छ! ७५ पुर्‍याउनु राम्रो हुन्न! यस्ता सामाजिक सुरक्षाका सेवासुविधा कटौती होइन थप्नु पर्छ!' उनले सामाजिक सञ्जालमा भने।

प्रकाशित: १७ चैत्र २०८२ १७:३३ मंगलबार