नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज बस्ने सचिवालय बैठकमा पार्टीको भावी अध्यक्षका लागि आफ्नो दाबी प्रस्तुत गर्ने भएका छन्।
आज दिउँसो १ बजे च्यासलमा सुरु हुने सचिवालय बैठकमा पोखरेलले पार्टीको भावी अध्यक्षका लागि आफ्नो औपचारिक रूपमा दाबी प्रस्तुत गर्ने भएका हुन्। उनीनिकट स्रोतका अनुसार आफूलाई सर्वसम्मत अध्यक्षका रूपमा अघि सार्ने प्रस्ताव राख्ने तयारीमा उनी छन्।
अध्यक्ष ओलीसँग फरक मत राख्दै आएका पोखरेलले पूर्व राष्ट्रपति विद्या भण्डारीसहितको सहयोगमा पार्टीको भावी अध्यक्ष बन्ने योजना बुनेका छन्। उनको योजनामा पार्टी सचिव योगेश भट्टराईलगायतका कतिपयले साथ दिने भएका छन्।
आज बस्ने बैठकमा मंसिर ६ गते एमालेले गर्ने जनप्रदर्शन, पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन र फागुनमा हुने आमनिर्वाचनका लागि एमालेको सहभागिताबारे छलफल हुने बताइएको छ।
प्रकाशित: ४ मंसिर २०८२ ०८:३९ बिहीबार