नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको सम्पत्ति छानविनमा सरकार अगाडी बढेको छ। जेन जी आन्दोलनको क्रममा जलेको देउवाको घर समते प्रमाण नष्ट हुन सक्ने आशंकामा भत्काउने क्रमलाई प्रहरीले रोक लगाएको छ।
सरकारमा हुदाँ सत्ताको आडमा रहेर अस्वाभाविक तथा गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा देउवा परिवारविरुद्ध यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो।
अनुसन्धानका क्रममा पछिल्लो समय जयवीर देउवा लगायत नातेदारहरूको नाममा खरिद गरिएको करिब ७३ रोपनी जग्गाको विवरण संकलन गरिएको बताइएको छ।
प्रकाशित: १५ चैत्र २०८२ ११:५५ आइतबार