राजनीति

गोरखा १ मा मतगणना रोचक : कांग्रेसका खत्री रास्वपाका गुरुङभन्दा ४ मतले अघि

गोरखा १ मा निर्वाचनको मतगणना निकै रोचक देखिएको छ। नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले चार मतले अग्रता लिएका छन्। 

पछिल्लो मतपरिणाम अनुसार ४२६३ मत ल्याएका खत्रीलाई गुरुङले ४२५९ मतसहित पछ्याइरहेका छन् ।  

सुरुवातदेखि अग्रता बनाएका गुरुङ अहिले ४ मतले पछि परेका छन् । नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले २२८१ मत पाउँदा एमालेका आरसी लामिछानेले ६७५ पाएका छन् ।

प्रकाशित: २४ फाल्गुन २०८२ ०९:२९ आइतबार