राजनीति

नेता थापाको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो

एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधिसभामा बोलेका केही अभिव्यक्ति संसदीय मर्यादा विपरीत भएको ठहर गर्दै सभामुख डोलप्रसाद अर्यालले संसदीय रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।  

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टी, जेनजी आन्दोलन र नेपाली सेनाबारे विवादास्पद टिप्पणी गरेका थिए। 

प्रतिनिधिसभा नियमावली–२०७९ को नियम २१ विपरीत भएको भन्दै सभामुखले संसद् सचिवालयलाई उक्त अभिव्यक्ति हटाउन रुलिङ गरेका हुन्।

प्रकाशित: ३० वैशाख २०८३ १४:०५ बुधबार