राजनीति

खानेपानी व्यवस्थापनबारे जानकारी गराउन निर्देशन

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले स्वस्थ्य खानेपानी उपलब्ध गराउने विषयमा छलफल थालनी गरेको छ।

सोमबार समितिको बैठकमा सभापति आशिष गजुरेलले सुरक्षित र स्वस्थ्य खानेपानीको व्यवस्था गर्नुपर्ने विषयमा जोड दिए।

बैठकमा सांसदहरुले खानेपानीको उपलब्धताको अवस्थाबारे मन्त्रालयले विस्तृत जानकारी दिनुपर्ने धारणा राखे।

समितिका सचिव उदयकुमार भण्डारीले छलफल पश्चात पूर्वाधार विकास मन्त्रालयलाई आगामी साउन २८ गते बिहीबार कुन–कुन ठाउँमा कसरी र कस्तो खानेपानी व्यवस्थापन गरिरहेको भन्ने विषयमा तथ्यगत जानकारी सहित बैठकमा उपस्थित हुन निर्देशन दिएको छ।

उनले समितिको आन्तरिक क्रियाकलापहरुको समीक्षा गर्नुको साथै राष्ट्रिय गौरवका आयोजना अध्ययन प्रतिवेदनबारे छलफल भएको पनि जानकारी गराए।

प्रकाशित: २५ श्रावण २०८३ १७:२३ सोमबार