राजनीति

चितवनमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

चितवनमा ६० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय चितवनका निर्वाचन अधिकृत भिमसेन कार्कीका अनुसार प्रारम्भिक चरणमा ६० प्रतिशत मत खसेको हो । पुरा रिपोर्ट आउन बाँकी छ ।  

जिल्लामा ४ लाख ४२ हजार ८२ मतदाता रहेको छन् । त्यसमध्ये २ लाख २४ हजार ७६६ महिला, २ लाख १७ हजार ३१४ पुरुष मतदाता र २ जना अन्य मतदाता रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । यस्तै ३१ सय ८५ जना अस्थायी मतदाता रहेका छन् । त्यसमध्ये १६२ जना कारागारमा रहेका कैदिबन्दी हुन् । उनीहरुले समानुपातिक तर्फ मात्र मत खसालेका छन् ।  चितवनमा हाल १ सय ६२ मतदान स्थल र ४ सय ९४ मतदान केन्द्र कायम गरिएको छ ।  

यस्तै मतदान सकिएपछि मतपेटीका ल्याउने क्रम जारी रहेको छ । चितवनमा क्षेत्र नम्बर १को मतगणना खैरहनीको भवानी शंकर कलेज, क्षेत्र नम्बर २मा उद्योग संघको प्रदर्शनी केन्द्र र क्षेत्र नम्बर ३ मा कृषि तथा वन विज्ञान विश्वविद्यालयमा मतगणना हुने मुख्य निर्वाचन अधिकृत केदारप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित: २१ फाल्गुन २०८२ १८:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App